सशस्त्र प्रहरी अधिकृतहरुलाई समयानुकुल आधारभूत र सबै किसिमका उन्नत तालिम प्रदान गर्ने ।
नेतृत्व, व्यवस्थापन र प्रशासनिक उन्नत तालिम प्रदान गर्ने ।
गुणात्मक सोध गर्न सक्ने जनशक्तीको विकास गर्ने ।
व्यक्तित्व विकास, गैारव आदि विषयमा ध्यान दिई जनशक्ती उत्पादन गर्ने ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयलाई तालिम र निति निर्माणको क्षेत्रमा सहयोग र सुझाव दिन सक्ने हिसाबले सक्षम तुल्याउने ।
प्राविधिक र प्राज्ञिक स्तरको तालिम संचालन गर्ने ।
सबै शिक्षालयहरुमा संचालन भएका तालिमहरुको अनुगमन तथा स्तर चेक परिक्षा लिने ।
सशस्त्र प्रहरी बल¸ नेपाल खेलकुद तथा शारिरिक सुगठन शिक्षालयमा कार्यरत खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागीताको लागि आवश्यक पहल गर्ने ।
समायानुकुल तालिम पाठ्यक्रम परिमार्जन गर्न मानवश्रोत विभाग सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयलाई आवश्यक राय सुझाव दिने ।